पोखरामा प्रथम लेखनाथ क्रिकेट बल आउट च्याम्पियनसिप हुने
पाेखरा | भदौ ३१, २०८१
पोखरा: पोखरामा प्रथम लेखनाथ क्रिकेट बल आउट च्याम्पियनसिप हुने भएको छ । पोखरा महानगरपालिका–२६ मा पहिलोपटक आउदो असोज ५ गते बल आउट च्याम्पियनसिप हुन लागेको हो ।
स्थानीय युवाको अगुवाइमा हुने प्रतियोगिता पोखरा–२६ को भवानी कालिका माविको खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेतालाई २२ हजार २२२ र उपविजेतालाई ११ हजार १११ सहित ट्रफी र मेडल प्रदान गरिने स्थानीय सुवर्ण बरालले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ठ बलर र अनुशासित टिमले समान २ हजार २२२ सहित ट्रफी पाउनेछन् । टीम दर्ताका लागि १ हजार ५ सय तोकिएको छ ।
प्रत्येक टिममा ३ जना खेलाडी हुने र ती ३ जनाले पालै पालो बलिङ गर्नेछन् र स्टम्पमा लागेर बेल खसेपछि मात्र अङ्क प्राप्त हुनेछ । बराबर भएमा ११ जनाले फाइनल बल गर्नेछन् र नतिजा नआईन्जेल निरन्तर हुनेछ ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...
मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

